जग्गाको बैना भन्दै एक करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक ब्यक्ति पक्राउ



काठमाडौं।जग्गा खरिद गरिदिन्छु भन्दै बैनाबापत आठ जना व्यक्तिबाट एक करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले संखुवासभा धर्मदेवी नगरपालिका वडा नम्बर २ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने ५३ बस्ने दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले मंगलबार दिउँसो ४ बजे कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ थलीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनीमाथि रहेको मैनालीले बताए। प्रहरीका अनुसार भण्डारीले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा लिने गरेका थिए।

त्यसपछि जग्गा बैना गरी जग्गा नामसारी भने गर्दैन थिए। त्यसो नगरी उनले सो बापत चेकबाट पैसा फिर्ता गर्ने भन्दै रकम नभएको खाताको चेक काटेर दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

त्यसरी ठगी गर्दै आएको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्