स्पेनमा रहेकाे मेस्सीकाे हाेटेल तत्काल भत्काउन अदालतकाे निर्देशन
सुपर स्टार फुटबलर लियोनल मेस्सीको स्पेनमा रहेको अत्याधुनिक सुविधा भएको होटेललाई भत्काउन अदालतले आदेश दिएको छ ।

अदालतले मेस्सीको २६ मिलियन पाउण्ड लगानी रहेको सो होटेललाई तत्काल भत्काउन आदेश दिएको हो ।
अर्जेन्टिनी कप्तान मेस्सीले यो होटेल सन् २०१७ मा ३० मिलियन युरो अर्थात २६ मिलियन पाउण्डमा खरिद गरेका थिए । जसमा ७७ वटा कोठा रहेका छन ।
बार्सिलोना भन्दा ४० किलोमिटर टाढा रहेको सो होटेल बिच र समुन्द्रतिर फर्किएको छ । तर अहिले स्पेनको सिजेज टाउन हलले यसलाई मेस्सीले खरिद गर्नु अगाडी नै भत्काउन अनुमती दिइसकेको बताइएको छ ।
मिररका अनुसार सो होटेलको बाल्कोनीहरु प्लान अनुसार नभएको र यदि बाल्कोनी घटाउन खोजेपनि त्यो संभव नभएको बताइएको छ । यसका साथै सो होटेलको फायर प्लानपनि तोकिएको मापदण्ड अनुसार नभएको बताइएको छ ।
सात पटकका बलुन डी योर विजेता मेस्सीलाई होटेलको मापदण्ड गलत भएको थाहा थिएन, तर पछिल्लो पटक उनले यो थाहा पाएपछि कुनै प्रतिक्रिया दिएका छैनन् ।

