कविता किन की!!



सन्तोष बस्न्यात

हे साथी, तिमी त फेरी शक्तिशाली भयौ रे १११
म त यंही आफन्त र छिमेकिको सेवामा जुटेको छु !!!
आँखाबाट झरेको मुसलधारे पानीको
नुनिलो स्वाद लिन बाध्य भएको छु !!!

हाम्रो द्रब्यले किनेको तिम्रो गाडी
कुद्दा अचम्म लाग्छ मलाई
चिटिक्क परेको लुगामा
(त्यो पर्दैन, ही ही ही) भनेको सुन्दा
खित्का छोडेर हाँस्न मन लाग्छ मलाई

तर माफ गर्नुस साथी म हाँस्न सक्दिन

किनकी
म अस्पताल, अक्सिजन र एम्बुलेंसको खोजीमा छु
हजारौ मित्रसंग गुहार माग्दै छु
तपाईंको इच्छा पुरा गर्न सय रुपैंया पर्ने औषधीलाई हजारमा खरिद गर्न बाध्यभएको छु
सामाजिक कार्यको लागि द्रब्यको खोज मा छु
मन गरुङ्गो पार्दै यो टन्टलापुर घाममा एक्लै भौंतारिदै यो मुलुकमा असहाय भएको महसुस गरेको छु !!!

किनकी
म मेरो प्रिय साथीलाई भोट दिने एक इमान्दार नागरिक हुँ !!!

नडराउनुस नहडबडाउँनुस साथी फेरी पनि म भोट हजुरलाई नै टक्र्याउने छु
किनकी
म यो देशको एक शिक्षितमा पर्ने अशिक्षित नागरिक हुँ !!!

प्रतिक्रिया दिनुहोस्