कांग्रेस नेता अमरेशकुमारको गाउँमा प्रदेशमन्त्री माथि आक्रमण, सुरक्षागार्डले चलाए गोली




सर्लाही। नेपाली कांग्रेसको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्रीमाथि आक्रमण भएको छ। बलरा नगरपालिका ९ मा भइरहेको अधिवेशनमा पुगेका मन्त्री वीरेन्द्र सिंहमाथि अधिवेशनमै सहभागी कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्।

अधिवेशन भइरहेको वडा कांग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो। साँझ करिब ६ बजेतिर घटना भएको हो।

मन्त्रीलाई आक्रमण भएपछि उनका सुरक्षागार्डले गोली चलाएका छन्। सुरक्षागार्डमाथि पनि रड प्रहार भएको छ।

गोली चलेपछि अधिवेशन स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्