देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ



सल्यान ।सल्यानमा देवरलाई हत्या गरी जलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका ५ रानी कोट गैरीगाउँका आफ्नै भाउजू नाता पर्ने २६ वर्षीय लक्ष्मी चन्द र छिमेकी २५ वर्षीय भाउजू नाता पर्ने राधा पौडेल रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनीहरूले बिहीबार राति दुई जना मिलेर घरकै देवर नाता पर्ने ३० वर्षीय शेर बहादुर चन्दको हत्या गरी जलाएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिनु भयो । उहाँका अनुसार हत्या गरी घर नजिकै ५० मिटर टाढाको स्थानमा राति नै जलाएर बासको झाडीमा फालेको अवस्थामा शव भेटिएको हो । घटना रातिको भए पनि शुक्रवार बिहान ११ बजे मात्र प्रहरीलाई जानकारी आएको थियो ।

उनीहरूले देवरको राति नै हत्या गरेर लासलाई छुट्टाछुट्टै दुई स्थानमा जलाएको र शव नजलेपछि बास घारीमा आधा जलेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्