दुबईबाट काठमाडौं ओर्लिएका दुईजना दुई किलो सुनसहित पक्राउ



काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए।

धुलो बनाएर कट्टु भित्र लुकाई छिपाई ल्याएको अवस्थामा बरामद अवस्थामा रहेको पहेँलो धातु सुन परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । कट्टु भित्र लुकाएर उनीहरूले सो सुन ल्याएको बास्तोलाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्