आज उच्च पहाडी र हिमाली क्षेत्रका केहि भूभागमा हिमपात र बर्षा हुने सम्भावना
काठमाडौं। अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
देशका अधिकांश भूभागहरुमा बदली हुनेछ। मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोको महाशाखाले जनाएको छ । यसले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

