दियोबाट आगो सल्किंदा भएको आगलागीबाट एकै परिवारका चारजनाको मृत्यु,दुई घाइते



ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । आज राति साढे ७ बजेतिर बागबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

साँझको समयमा बालिएको दियो पर्दामा सल्केर आगलागी हुँदा सिलिण्डर विस्फोट भएको थियो । पर्दामा सल्किएको आगो ग्यास सिलिण्डरसम्म पुगेर विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विस्फोट लगत्तै ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यसहितको प्रहरी टोली घटनास्थलतिर गएको छ । विस्फोटमा परेर लक्ष्मीकृष्णसहित अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको एसएसपी बज्राचार्यले बताईन् ।

घाइते दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय दमकल, एम्बुलेन्स लगायतका आवश्यक सामाग्री तैनाथ गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्