प्रशान्ति एकेडेमीले आयोजना गर्यो तिहार विशेष कार्यक्रम
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका(१२ स्थित प्रशान्ति एकेडेमी कपनले विद्यालय परिसरमा तिहार विशेष कार्यक्रम आयोजना गरी पर्व पुजा, विभिन्न प्रतियोगिता र पुरस्कार वितरण गरेको छ।

विद्यालयले आफ्ना अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा पन्चकको अघिल्लो दिन लक्ष्मीमाताको विशेष पुजा समेत गरेको हो। कार्यक्रममा पुजा अर्चनाका साथमा विद्यार्थीहरुको भजन कृतन र सांस्कृतिक नृत्यहरु समावेश थिए। तिहार अगाडीको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त विशेष पुजाआजाको कार्यक्रम वविद्यार्थीहरुलाई धर्म कला संस्कृतिको ज्ञान दिलाउनका लागि गरिएको प्रिन्सिपल समिर वास्तोला ले वताए।
ुविगतका वर्षहरुमा पनि विद्यालयमै यस प्रकारका प्रतियोगीता र कार्यक्रम गर्ने गरिएको थियो । यो पटक भने मन्दिर स्थापना गरेरै धार्मिक कार्यवाट ज्ञान दिलाउं भन्ने अभिप्राय होु(उनले भने। यसले विद्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला वढेको पनि उनले वताए। साथै आगामी वर्षहरुमा पनि यस्तै विभिन्न नयॉ प्रयोग गर्दै लगिने उनको भनाइ छ।
त्यस्तै यो कार्यको तयारी गरी सम्पन्न गर्ने समूहलाई वधाई तथा धन्यवाद समेत प्रदान गरे। विद्यालयले आगामी दिनमा चाडपर्वसम्बन्धी प्रदर्शनी र प्रवर्धनात्मक कार्यक्रमहरु तथा शिक्षामुलक कक्षाहरु हुने कुरा अभिभावकहरु, शुभेच्छुकहरु, विद्यार्थीहरु साथै सबै शुभ चिन्तकहरुलाई अवगत पनि गराउंदै सम्पुर्णलाई शुभ दीपावली २०७८ को हार्दिक मंगलमय शुभकामना समेत ज्ञापन गरियो।
उक्त कार्यक्रममा गत १२ गते भएको हाउस अन्तर्गतको चुनावको मत गणना र विजयी उम्मेद्वारको घोषणा गरियो । साथै विजयी भएका क्याप्टेन तथा भाईस क्याप्टेनलाई विशेष अतिथिले खादा तथा प्रिन्सिपलले क्याप्टेन व्याज प्रदान गरे। साथै रंगोली प्रतियोगिता र देउसी भैलो प्रतियोगितामा प्रथम द्वितीय हुने विद्यार्थीका समुहहरुलाई विभिन्न आकर्षक पुरस्कारहरु समेत प्रदान गरिएको जनाईएको छ।

