अवैध रुपमा तस्करी गरेको सुन सहित १ जना पक्राउ
काठमाडौं।अबैध रूपमा तस्करी गरेको गहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गोल्डेन गेटबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरवाट खटिएको प्रहरी टोलिले मंगलबार सन्जिव दासलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रबक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
बैदेशिक रोजगारीकोशिलशिलामा विभिन्न देशहरुवाट फर्किएका
कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलि सुनका गर गहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनको साथमा १५० ग्रामको सुनको चुरा फेला परेको थियो ।पक्राउ परेका दासलाई प्रहरी वृत्त गौशालामा आवश्यक कारवाहीको लागि वुझाएको बस्नेतले बताए ।

