मुक्तककार भट्टले ल्याईन मुक्तकसंग्रह ‘अनिंदा सपनाहरू’



काठमाडौं।मुक्तककार पार्वती भट्टको पहिलो मुक्तकसंग्रह ‘अनिंदा सपनाहरु’ विमोचन गरिएको छ । काठमाडौँको सुकेधारामा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल, अतिथिहरु मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार विवश पोखरेल, समालोचक ज्ञानु अधिकारी र राजन सिलवाल, मुक्तकसागरकी सम्पादक तथा विमोचन कार्यक्रम संयोजक निशा केसी लगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गरेका हुन् ।

मुक्तकसागरकी सम्पादक निशा केसीको सभापतित्वमा सम्पन्न बिमोचन कार्यक्रममा प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल
राजन सिलवाल र ज्ञानु अधिकारी,रामकाजी कोने, विवश पोखरेल, भट्टका श्रीमान डा. मोहनराज भट्ट लगायतले पनि छोटो मन्तव्य राखेका थिए ।संग्रहमा २ सय २० वटा मुक्तक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्