संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी चारजना जेल चलान



संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका चार जना कारागार चलान भएका छन्।

मादी नगरपालिका-१ उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्की कारागार चलान भएका हुन् । उनीहरूलाई जिल्ला अदालत संखुवासभाले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

घटनामा संलग्न एक जनालाई भने सुधार गृह पठाउन अदालतले आदेश दिएको छ । गत २१ भदौमा तेजकुमार कार्कीसहित परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।

प्रहरीले सो हत्यामा मृतकका नातेदारहरू नै संलग्न रहेको प्रतिवेदन तयार पारेको थियो । सोही आधारमा सरकारी वकिल कार्यालयले दायर मुद्दाको थुनछेक बहसपछि अदालतले उनीहरूलाई कारागार चलान गर्न स्वीकृत दिएको हो ।

प्रतिक्रिया दिनुहोस्