बिधान महाधिवेशनको समापनसंगै एमालेको नयाँ लोगो सार्बजनिक
काठमाडौं।तीनदेखि ललितपुरको गोदावरीमा जारी बिधान महाधिवेशन समापनसंगै नेकपा एमालेले परिमार्जित लोगो सार्वजनिक गरेको छ ।

विधान महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेपछि नयाँ लोगो सार्वजनिक भएको हो ।
जसमा सूर्यको बीचमा हसियाँ हथौडा राखिएको छ।महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिएको हो।
प्रस्तुत प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो। समूहगत छलफलपछि टोली नेताले आ–आफ्नो समूहको तर्फबाट सुझाव पेश गरेका थिए। सोही सुझावहरु समेटेर विधान महाधिवेशनले पार्टीको संगठनात्मक संरचनाको टुंगो लगाएको छ।
जसअनुसार नेकपा एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ। अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने छन्। पदाधिकारीको सचिवालय रहने छ।
यस्तै स्थायी कमिटीमा ४५ सदस्य रहने छ। एमालेको २२५ सदस्यीय केन्द्रीय कमिटी रहने छ। तर पोलिट्ब्युरो भने अब उपरान्त एमालेमा रहने छैन।एमालेको सोहि बिधान महाधिवेशनले पार्टीको दसौं महाधिवेशन आगामी मंसिरमा बुटवलमा गर्ने घोषणा समेत गरेको छ।

