अवहेलना मुद्दामा ४ पूर्व प्रधानन्यायाधीशले पाए सफाई



काठमाडौँ । अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रबार अवहेलाना गरेको भन्दै दायर रिटमा माग दाबी नपुग्ने फैसला सुनाएको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य दिएका थिए ।
अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्