कांग्रेस अधिबेशन :थुलुङदुधकोशीमा भक्त गुरुङको प्यानलै बिजयी, सोलुदुधकुण्डमा आज मतदान हुंदै

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका नेपाली काँग्रेसको नेतृत्वमा केन्द्रीय सदस्य बलबहादुर केसीको समूहले पकड जमाएको छ।

१४ औं गाउँ अधिबेशनका क्रममा मंगलबार भएको निर्बाचनमा पूर्बसभापती आङगेलु शेर्पा समुहका बलबहादुर बस्नेतलाई पराजित गर्दै केसी समूहका भक्तबहादुर गुरुङ प्यानलै बिजयी भएको छ। राती १ बजेतिर सम्पन्न मतगणनाको परिणाम अनुसार गुरुङले १०७ र बस्नेतले ५३ मत प्राप्त गरेको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोदकुमार बस्नेतले जानकारी दिए।
४६ सदस्यीय गाउँपालिका समितिको
उपसभापति सोमराज केसी र कृष्णप्रसाद राई सचिवमा सुवास राई (सगम) र सचिन थापा तथा सह- सचिव खिम बहादुर बस्नेत र चोलेन्द्र बहादुर पोखरेल निर्बाचित भएको बताईएको छ।
उता मतपरिणाम आउन बांकी माप्यदुधकोशीमा सहमतिबाट आजै नेतृत्व चयन गर्ने प्रयास भइ रहेको बस्नेतले बताए। एकमात्र नगरपालिका सोलुदुधकुण्डमा भने आज बिहान ८ बजेदेखी मतदान हुने निर्बाचन समितिले जनाएको छ।
सम्पूर्ण प्रक्रिया हिंजै पूरा भएपनि समय अभावका कारण मतदान आजका लागि सारिएको थियो।नगरसभापतिका लागि केसी समूहबाट मिङमार शेर्पा र आङगेलु समूहबाट सोनाम ग्याल्जेन शेर्पा मैदानमा छन् ।अन्य गाउँपालिकाको परिणाम भने हिंजै घोषणा भइ सकेको छ।

