सोनल लोसपा प्रदेश-२ संसदीय दलको नेता चयन

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्।

संसदीय दलको बैठकमा सर्वसम्मतीको प्रयास सफल नभएपछि शिर्ष नेताहरुको उपस्थितिमा राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन्।
लोसपाका १६ जना प्रदेशसभा सदस्यहरुमध्ये ९ जनाले सोनलको पक्षमा मतदान गरेका थिए। प्रदेशसभा सदस्य उपेन्द्र महतोले ६ मत ल्याए। एक मत बदर भएको थियो।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता सोनल नै रहेका थिए।

