ट्रान्सफर्मर चोरी गर्दा गर्दै १ जना पक्राउ

काठमाडौं। थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तिमा रहेको प्रहरी टोलीले सामसुङ टि.भि. कारखानाको कम्पाउण्डमा राखिएको बिजुलिको ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छि गा.पा. वडा नं. ८ घर हुने बर्ष ४३ को नारायण थापा छन् ।सो घटनामा अन्य तीन जना समेत संलग्न रहेको बताईएको छ । उनीहरू भने फरार रहेको महानगरीय प्रहरी परिसरका प्रबक्ता प्रउ रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।
घटनास्थलबाट फलाम काट्ने कटर थान १ पेन्चिस थान १, एक तर्फ धार तथा अनर्को तर्फ तिखो चुच्चो भएको फलामको डण्डी थान, स्क्रु ड्राईभर थान १,बिभिन्न साईजको रेन्ची थान ११ ट्रान्सफर्मर थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको कालो रंगको फिता डोरी थान समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइ रहेको बस्नेतले जानकारी दिए।

