सरकारले गर्यो भूमि आयोग गठन, निरौलालाई अध्यक्षको जिम्मेवारी

काठमाडौं।अघिल्लो सरकारले गठन गरेको भूमि आयोग विघटन गरेको महिना दिन नबित्दै सरकारले भूमि आयोग गठन गरेर केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेर निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ । निरौलाले बुधवार पद तथा गोपनियतको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको शपथ ग्रहणपछि निरौलाले सुकुम्वासीका समस्या समाधान गर्न प्रयास गर्ने बताए ।
सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकाले आफ्नो नेतृत्वको टीमले ती समस्यालाई हटाउन प्रयत्न गर्ने उनले बताए ।

