घाँटी रेटेर सहायक प्रधानाध्यापकको हत्या



काठमाडौं।दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ। गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

४२ वर्षीय बिसीको शव विहान दूध पुर्‍याउन हिँडेका स्थानीयले विद्यालयको बरन्डामा फेला देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने स्थानीय भुपेन्द्र ओलीले जानकारी दिए।

दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले घटनाबारे बुझ्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए। प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्