सत्तामा बसेर आफ्नो स्वार्थ पूरा गर्न सभापति देउवा तानाशाही बन्दै गएको पौडेलको आरोप



File Photo

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा बसेर आफ्नो स्वार्थ र महत्वकांक्षा पूरा गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देशलाई गलत दिशातर्फ लगेको आरोप लगाएका छन्।

विवादकाबीच डडेलधुरामा अधिवेशन सम्पन्न गराएपछि देउवाप्रति आक्रोशित बनेका पौडेलले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पौडेलले सो आरोप लगाएका हुन्। देउवा तानाशाही व्यवस्थातर्फ उन्मुख भएको पाडेलको भनाई छ।

उनले सभापति देउवा पार्टी विधान विपरित चलेको दावी पनि गरे।’पार्टीको विधान विपरित काम हुँदा पार्टी कहाँ पुगेको छ ? महाधिवेशन ४ वर्षमा पनि गरिएन। विधानको अवधि सकाइसकेपछि संविधान टेकेर ६ महिना थपेर आज निर्वाचन आयोगसँग दर्ता बचाइदेउ भनेर अनुरोध गर्नुपरेको छ,’उनले भने, ‘राष्ट्रलाई नेतृत्व गर्ने पार्टी आज कुन हालतमा पुगेको छ। कसको कारणले। नेताको महत्‍वकांक्षाले। सधैं कुर्सीमा बस्न चाहने, छोड्न नचाहने नेताले।’उनले कार्यकर्तालाई नेताको मूल्यांकन गर्न आह्वान समेत गरे।

‘नेताले कार्यकताले मूल्यांकन गरेन भन्ने गुनासो छ। नेताले कार्यकर्ताको मूल्यांकन गर्ने अवस्था जब आउँछ तब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने हिम्मत गर्छ। जब कार्यकतालाई मूल्यांकन गरिँदै तब नेताहरुले स्वेचाछारी हुन्छ हाम्रै पार्टीको अनुभव उस्तै छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्