बागमती प्रदेशका मुख्यमन्त्री शाक्य अल्पमतमा



काठमाडौं।निर्बाचन आयोगले प्रदेशसभा सदस्य हरुले नेकपा एकीकृत समाजबादीको पक्षमा सनाखत सदर गरे लगत्तै सो पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको छ ।नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार प्रदेश सभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको थियो।

प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेश सभा सचिवलाई पठाइएको पत्रअनुसार निर्वाचन आयोगबाट संसदीय दलको मान्यता प्राप्त एकीकृत समाजवादीका १३ जना प्रदेश सभाका सदस्य भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्