एमसीसीविरुद्ध भोलि काठमाडौँमा ब्यापक प्रदर्शन, बिप्लव र कर्णजीत लगायतका नेताले सम्बोधन गर्ने



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विरुद्ध भोलि भदौ २८ गते काठमाडौँमा व्यापक प्रदर्शन गरिने भएको छ।

नेकपाको आयोजनामा हुन लागेको सो प्रदर्शन पछि हुने बिरोध सभालाई बिप्लव लगायत अन्य नेताहरुले सम्बोधन गर्ने बताईएको छ। विरोधसभाका वक्ताहरूमा नेकपा माओवादी केन्द्र समाजबादीका महासचिव कर्णजीत बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० का वरिष्ठ नेता सीपी गजुरेल, नेकपा ९माले० का अध्यक्ष सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपालका लागि नेपालीका संयोजक सुरेन्द्र भण्डारी, आहुतीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

काठमाडौँको खुलामञ्चमा हुने सभाका लागि लैनचौर, त्रिपुरेश्वर र बबरमहलबाट जुलुस निस्केपछि उक्त जुलुस सुन्धारा हुँदै खुलामञ्चतर्फ अघि बढ्नेछ । सभाका लागि आजै खुलामञ्चमा मञ्च निर्माणको तयारी पूरा भएको जानकारी नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्