सभापति देउवाको गृह जिल्लाका एक युबाले केश मुण्डन गरेर सुरु गरे कांग्रेसको क्रिया !

डडेल्धुरा ।आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कांग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका नेपाली कांग्रेसका एक वडा सभापतिले विरोध स्वरुप केश मुण्डन गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले केश मुण्डन गरेको हुन् ।

पालले आफ्नो केश मुण्डन गरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन ।’ २४ वर्षसम्म काम गरेको पार्टीले क्रियाशीलबाटै नाम हटाएकोमा उनले दुःख व्यक्त गरेका छन् । आईतबार सार्वजनिक भएको क्रियाशील सदस्यमा स्थानीय नेताहरुले विरोध गरिरहेका छन् ।
श्रोत फरकधार अनलाइन

