नेपाल टेलिकमले यो आर्थिक वर्षलाई एफटिटिएच सेवा विस्तारको वर्षको रूपमा मनाउने



काठमाडौं।नेपाल टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले सेवालाई गुणस्तरीय बनाउँदै लैजान आफू लागि परेको बताएका छन् ।

कतिपय ठाउँमा टावर राख्न नपाए कारण नेटवर्कमा कहिलेकाहीँ समस्या देखिने गरेपनि टेलिकम त्यसको ब्यबस्थापनमा लागि परेको बताउंदै कार्यकारी निर्देशक अधिकारीले सोमवार आयोजित पत्रकार सम्मेलनमा अन्य प्रतिस्पर्धी कम्पनीहरूले सेवा शुल्क बढाइरहँदा टेलिकमले घटाइरहेको दावी पनि गरेका थिए।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने मात्र नभई टेलिकमले बजारलाई हस्तक्षेप गर्ने काम पनि गरिरहेको उनको भनाई थियो।उनले भने‘केही वर्षअघि बजारमा

एफ्टीटीएच विस्तार भएको थिएन, त्यो बेलामा केही अपरेटरहरूले एफटीटीएचको वार्षिक सस्ब्क्रििप्सन भनेर हजारौँ शुल्क लिन्थे, जब टेलिकम आक्रामक रुपमा आयो, एफटीटीएच आयो, सस्तो सेवा आयो, यसले उनीहरूले पनि महशुल घटाउन बाध्य भए, यसले गर्दा टेलिकम मार्केट इन्टरभेन गर्ने एजेन्सीको रुपमा पनि रहन्छ ।’

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।

११ लाख ७४ हजार घरधुरीका लाडि डिजिटल म्यापि सपम्न भएको छ भने ५ लाख ६४ हजारका लागि नेटवर्क जडान कार्य सम्पन्न भएको छ । साथै, १ लाख ८० हजार ग्राहकमा सेवा वितरण भएको र ५५ लाखका १०८ स्थानीय तहका १३५ स्थानहरुमा सेवाको पहुँच पुगेको प्रवक्ता राजेश जोशीले बताए ।

नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ ।

टेलिकमले एफटिटिएच विस्तार तिब्र गतिमा अगाडि बढाएको छ । टेलिकमले चालु आर्थिक वर्षको २०७८र७९ बार्षिक कार्यक्रम अन्तर्गत मुलुकभर थप २ लाख २६ हजार फाइबर नेट विस्तारको योजना ल्याएको जानकारी दिए।

टेलिकमले यो आर्थिक वर्षलाई एफटिटिएच सेवा विस्तारको वर्षको रूपमा मनाउने घोषणा पनि गरेको छ । त्यस्तै कम्पनीले यो आर्थिक वर्षमा ६५ जिल्लामा एफटिटिएच विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्