नेचासल्यान शिक्षा समितिले गर्‍यो यस्ता निर्णय, ८ कक्षाको नतिजा प्रकाशित




सोलुखुम्बु,९ जेठ । नेचासल्यान गाउँपालिका शिक्षा शाखाले गत फागुन र चैतमा लिइएको कक्षा ८ को नतिजा प्रकाशित गरेको छ। पालिका शिक्षा समितिको निर्देशन अनुसार शाखाले ५ वटा माबि र ४ वटा आधारभूत विद्यालयमा सञ्चालित ८ कक्षाको नतिजा बिहिवार विद्युतीय माध्यमबाट प्रकाशित गरेको हो।प्रकाशित नतिजा गाउँपालिकाको वेबसाईटमा राखिएको गाउँपालिका शिक्षा समितिका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।

नतिजा गत मंगलबार अध्यक्ष बास्तोलाको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले विद्युतीय माध्यमबाट कक्षा ८ को नतिजा प्रकाशित गर्न शाखालाई निर्देशन दिएको थियो । सोही नतिजाका आधारमा उत्कृष्ट विद्यालय,बिषय शिक्षक र विद्यार्थी प्रोत्साहनका लागिआवश्यक बिश्लेषण गरी आगामी बैठकमा पेश गर्न शिक्षा शाखालाई निर्देशन दिइएको जानकारी पनि वहाँले दिनुभयो।

ग्रेडबृद्दी गर्नुपर्ने परीक्षाको हकमा बन्दाबन्दी खुलेपछि गर्ने र त्यसको नतिजा पालिकाले सार्बजनिक गर्ने निर्णय गरिएको बताउंदै अध्यक्ष बांस्तोलाले नतिजा प्रकाशित गर्न बांकी विद्यालयहरुलाइ विद्युतीय माध्यमबाट तत्काल गर्न अनुरोध गरिएको बताउनु भयो।बैठकले नतिजा प्रकाशित गरिसकेका विद्यालयहरुलाइ धन्यवाद समेत दिएको छ।

अध्यक्ष बास्तोलाका अनुसार विद्यार्थीहरुलाइ आवश्यक नयाँ पाठ्यपुष्तकको तयारी गर्न विद्यालय हरुलाइ निर्देशन दिंदै बैठकले स्थानीय श्रोतसाधनको प्रयोग गरी बन्दाबन्दीका बीचमा बर्षभरीका लागि आवश्यक शैक्षिक सामाग्री निर्माणका लागि बिषय शिक्षकहरुलाइ सम्बन्धित विद्यालयमार्फत निर्देशन दिने निर्णय समेत गरेको छ।बैठकले विद्यालयले आवश्यक महसुस गरेर ब्यवस्थापन समितिले पारित गरे अनुसारको कक्षा १ को स्थानीय पाठ्यक्रमलाइ मुल्यका आधारमा गाउँपालिकाले भुक्तानी दिने निर्णय शिक्षा समितिले गरेको पनि बास्तोलाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्