प्रहरीको सई हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भइ हाल नागर्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामी रहेका छन् ।

थामीले स्युचाटार बस्ने कल्पना गौतमलाई आफू महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिदिन्छु भन्दै ३० हजार रुपैयाँ नगद लिएर फरार भएका थिए ।
प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ १ गते कालिमाटीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता रामेश कुमार बस्नेतले जानकारी दिएका छन् ।

