सोलुदुधकुण्ड : गोराखानी र खोरियाका झन्डै चार सय परिवारलाई खाद्यान्न बितरण



सोलुखुम्बु।हिमालयन चिल्डेन अफ खोरिया फ्रान्सले जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न वडामा खाद्यान्नसंगै विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ।

नगरपालिकाको वडा नं-१० गोराखानीका ३ सय भन्दा बढी र खोरियाका १०० घर परिवारलाई राहत स्वारुप खाद्यान्न पनि वितरण गरेको हो।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पा लगायतका ब्यक्तिहरुको उपस्थितिमा ऊनीहरुलाई राहत बितरण गरिएको हो।गोराखानीमा मंगलबार र खोरियामका स्थानीयलाई बुधबार राहत उपलब्ध गराइएको थियो।

उनीहरुलाई प्रतिपरिवार चामल ३० किलो, तेल १ लिटर, नुन १ किलो, माक्स लगायतका समाग्री प्रदान गरिएको वडा नम्बर १० का वडा अध्यक्ष मिङमार छिरी शेर्पाले जानकारी दिनुभयो ।

कोरोनाका कारण समस्यामा परेका नागरिकहरुले राहत प्राप्त भएपछि खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्