एसईई परीक्षा नहुने,नतिजा प्रकाशन आन्तरिक मुल्यांकन विधिबाट गर्ने सरकारको निर्णय



काठमाडौ । यसबर्ष पनि एसइई परीक्षा सन्चालन नहुने भएको छ।कोभिड १९ संक्रमणका कारण भौतिक रुमा परीक्षा सन्चालन गर्न कठिन हुने भन्दै सरकारले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को वैठकले यस्तो निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो।

यसअघि राष्ट्रिय परिक्षा बोर्डले वैकल्पिक विधिबाट एसईईको परीक्षा गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्