सोलुखुम्बु : निषेधाज्ञा १० दिनका लागि थप, आवतजावतमा थप कडाई गरिने



सोलुखुम्बु ।कोरोना संक्रमण दर तथा मृत्यु दर बढ्दै गएको भन्दै जिल्लामा पूर्ब घोषित निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को भर्चुअल बैठकले बैशाख २६ गतेबाट जारी निषेधाज्ञा आउँदो जेठ १९ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिइन् ।
खतिवडाका अनुसार निषेधाज्ञा अवधिभर संक्रमण नियन्त्रणका लागि भिडभाड तथा आवतजावतमा थप कडाई गरिने छ ।

जसका लागि सडक तथा बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालनलाई जोड दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्