तीन मुक्तक
मौशम खड्का
यत्रो गर्दा पनि देखेन गुण मेरै खेदो खन्दै हिड्छ।
मेरो अस्तित्व मेटाउन दिनहुँ दिन गन्दै हिंड्छ।।
उसलाई संसार देखाउँन आँखा दान गरेको थिएँ।
भुलेछ आज उ उल्टै मलाई अन्धो भन्दै हिंड्छ।।
[२]
खोइ यसरी कसरी इज्जत हुन्छ र मान हुन्छ।
आफुआफु बीचमै लुछाचुँडी र तानातान हुन्छ।।
तिमी सम्पत्ति भन्दा ठुलो दाजुभाइ हुन्छ भन्छौ।
जाबो बा!को सुर्की जिउंनिमा हानाहान हुन्छ।।
[३]
यहाँ लास माथि पनि लास खप्टिएर बल्दै देखें।
खालि थिएन एकपछि अर्को चिता जल्दै देखें।।
मैले तिमिलाई छुनसम्म पाँइन माफ गर बाबू।
मन बुझाएँ समय अनि संसार यस्तै चल्दै देखेँ।।
नेचासल्यान,सोलुखुम्बु ।