ललिता निवास प्रकरण : पूर्बसचिब बस्नेतलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्बोच्चको आदेश



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । पूर्वसचिव बस्न्यातलाई ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बस्न्यातले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्नता देखिएपछि अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो। उनी थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गएका थिए। बस्न्यात ६९ वर्षको बृद्ध भएको र परिवारका अन्य सदस्यहरुमा कोरोनासमेत पुष्टि भएकाले यस्तो अवस्थामा उनलाई थुनामा राखेर अनुसन्धान गुर्न उचित नदेखिने सर्वोच्चले आदेशमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्