पछिल्लो २४ घण्टामा थपिए ७ हजार २ सय ११ संक्रमित



काठमाण्डाै। पछिल्लाे २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १६ हजार एक सय ४७ जनाकाे पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएकाे सङ्ख्या र सङ्क्रमण पुष्टि भएकाे सङ्ख्यालाई प्रतिशतमा हेर्ने हाे भने पछिल्लाे २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि भएकाे हाे ।

काठमाण्डौ उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएकाे छ । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा सङ्क्रमण देखिएकाे हाे ।

यस्तै काेराेना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय २५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । याेसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ८३ हजार नाै सय ९४ पुगेकाे छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकाेमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस्