सोताङ : बखपलम माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन

सोलुखुम्बु । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जिल्लाको सोताङ गाउँपालिकास्थित बखपलम माध्यमिक विद्यालयमा बिमल राईको अध्यक्षतामा ६८ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ।

अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मिलन नाछिरिङ राई, मनिष नाछिरिङ्ग, जिल्ला सदस्य महेश बस्नेत, नेकपा एमाले सोताङ गाउंपालिका सदस्य दिलचन्द्र राई, गणेश बस्नेत, रघुबहादुर राई र युवा संघ नेपाल सोताङ सदस्य हिराकाजी नाछिरिङ को उपस्तिथिमा बिमल राई को अध्यक्षतामा साँस्कृतिक बिभाग र खेलकुद बिभाग गरि ६८ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुले जनाएको छ।
कमिटीको उपाध्यक्षमा रमेश बस्नेत र मनकुमारी राई, सचिबमा अस्मिता राई सह-सचिबमा देबिका बस्नेत दिलमाया राई र सुनिता बस्नेतका साथै कोषाध्यक्षमा सुबास राई रहेको कमिटीले जनाएको छ।
यसैगरी साँस्कृतिक बिभागको संयोजकमा अनिता भुजेल सह-संयोजकमा धिरज राई र सदस्यहरुमा अन्जना राई,कन्चन बिक,पुजा बस्नेत र खेलकुद बिभाग संयोजकमा गोबिन्द बस्नेत र सदस्यहरुमा सबिना राई ,अनिता बिक,चिना बस्नेत,संगिता राई रहेको जनाईएको छ।

