अनेमसंघ सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी,५१ सदस्यीय कमिटी गठन
सोलुखुम्बु ।अखिल नेपाल महिला संघ जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा मोहनकुमारी कार्की सर्बसम्मत चयन भएकी छन् ।

शुक्रबार सम्पन्न चौथो जिल्ला सम्मेलनले कार्कीको अध्यक्षतामा अनेमसंघको ५१ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको हो।कमिटीको उपाध्यक्षमा दौलित राई र लता थापा बस्नेत, सचिबमा कल्पना राई, उप(सचिबमा माया राई र
कोषाध्यक्षमा पेमा शेर्पा चयन भएको अनेमसंघ सोलुले जनाएको छ।

