अर्थतन्त्रमा कोरोना प्रभाव र समाधानको उपायबारे अध्ययन गरिरहेका छौं : खड्का
काठमाडौं, ३ जेठ ।नेपाली कांग्रेसले कोरोना भाइरसले पारेको प्रभाव र यसबाट पुगेको आर्थिक क्षतिबारे मूल्यांकन गर्न गठन गरेको लगानी पूर्बाधार र रोजगार दृष्टिकोण एबं दीगो परियोजना बिशेष समितिका सदस्य तथा पूर्वमन्त्री दीपक खड्काले कोरोनाको प्रकोपका कारण उद्योग व्यवसायसँगै समग्र अर्थतन्त्रमा पारेको प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा अध्ययन गरिने बताएका छन।
तत्कालीन र दीर्घकालीन समस्याको समाधानका उपायबारे बिस्तृत अध्ययन गरेर समितिले समितिले तयार पारेको प्रतिवेदन पार्टीमा बुझाइने खड्काले जानकारी दिए।पूर्ब खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्काका अनुसार सोही प्रतिबेदनका आधारमा पार्टीले आर्थिक कार्यक्रमलाई अगाडि बढाउने छ। कार्यक्रम ल्याउने छ ।
यसअघिको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचित सांसद खड्काले कोरोनाको कारण नेपालको अर्थतन्त्र संकटमा परेकाले आगामी दिनमा आउने चुनौती विश्लेषण गरी त्यसबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने किसिमका कार्यक्रम ल्याउन सुझाव दिने बताए । नेपाली काग्रेस केन्द्रीय समितिको बैठकले गत बैशाख १७ गते सांसद एबं उद्दमी बिनोद चौधरीको संयोजकत्वमा सो समिति गठन गरेको थियो।२१ सदस्यीय सो
समितिमा बागमति प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानिया, प्रतिनिधिसभाका सांसदहरु उमेश श्रेष्ठ, सूर्यबहादुर केसी, मोहन आचार्यका साथै उद्यम र व्यवसायका क्षेत्रमा लागेका पार्टीका विभिन्न तहमा बसेर काम गर्दै गरेका व्यक्तिहरु सदस्य रहेका छन् । बाँकी सदस्य पछि चयन गरिने पार्टीले जनाएको छ।