राष्ट्रिय शिक्षक संगठन माप्य दूधकोशीमा नयाँ समिति

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।राष्ट्रिय शिक्षक संगठन माप्य दूधकोशी गाउँ समितिकाे दाेस्राे अधिवेशनवाट चित्र बहादुर कार्की अध्यक्षमा चयन भएका छन। २१ सदस्यीय समितिको महिला उपाध्यक्ष्यमा भक्तलक्ष्मी राई, उपाध्यक्षमा बलबहादुर रेग्मी मगर, सचिवमा कुमार राई, कोषाध्यक्षमा गोपाल राई, सह-सचिवमा बिनिता राई र सह-कोषाध्यक्षमा कमला राई रहेको बताइएको छ।

समितिको खुला सदस्यमा लगन बहादुर राई,कुबिर राई, राजकुमार राई, ज्ञानेन्द्र बहादुर कार्की , छेवाङ तामाङ ,गोसाई ,काजी रेग्मी मगर
महिला सदस्यहरु शोभा लुइँटेल, मुन कुमारी कटुवाल, मेन्जली रेग्मी मगर रहनुभएको छ।महासंघ प्रतिनिधि महलसिंह राई, प्रदेश प्रतिनिधि देवीकुमारी राई कुमारराज श्रेष्ठ र विनोद बस्नेत रहेको संगठनका जिल्ला सचिब टंक दाहालले जानकारी दिए।



