चिनियाँ खोप भेरोसेल चैत २५ गतेदेखि लगाइने



काठमाडौँ । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेल चैत २५ गतेदेखि लगाउने तयारी भएको छ ।

चीन सरकारले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको ८ लाख डोज खोप चैत २५ गतेदेखि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्