नेपालमै पहिलो पटक रोवोटबाट सर्जरी थालिदै



काठमाडाैं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोवोटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोवोट मेसिन ल्याएर ‘रोवोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ ।

अत्याधुनिक ‘रोवोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोवोटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।
अत्याधुनिक र भरपर्दो उपचारका लागि केएमसीले न्यूरो सम्बन्धित शल्यक्रियामा रोवोट प्रयोग गर्ने तयारी गरेको हो । त्यसपछि अन्य शल्यक्रियामा पनि रोवोटको प्रयोग गर्ने केएमसीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्