खुम्बुपासाङ ल्हामू : सामूदायिक वनको सिमाङ्कन र अनुगमनको कार्य थालनी गरिने



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सगरमाथा राष्ट्रिय उपभोक्ता समितिद्वारा कार्यालयको आयोजनामा खुम्बु पासाङल्हामु गाउँपालिका- ३ मा रहेको चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिभित्र रहेको हिमालयन मध्यवर्ती क्षेत्र उपभोक्ता समूहको विधान, कार्ययोजना तथा सिमाङ्कन सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षता भएको सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र गठन भएका सामूदायिक वन व्यवस्थापन, सामूदायिक वनको संरक्षण, सम्बर्द्धन र यसको सदुपयोग सम्बन्धमा सगरमाथा राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय, सहायक संरक्षण अधिकृत विष्णु रोकाय, खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पा र वडा नं.- ३ का वडा अध्यक्ष मिङ्माछिरी शेर्पाले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा भोलिदेखि नै हिमालयन सामूदायिक वन उपभोक्ता समिति, निकुञ्ज प्रतिनिधि र सरोकारवाला समेतको सहभागितामा सामूदायिक वनको सिमाङ्कन र अनुगमनको कार्य थालनी गर्ने निर्णय समेत भएको छ । अन्तरक्रिया तथा छलफल कार्यक्रममा स्थानीय सामूदायिक वन उपभोक्ता समिति, निकुञ्ज प्रतिनिधि समेतको उपस्थितिमा सिमाङ्कन तथा अनुगमन कार्य अगाडि बढाइने योजना रहेको निकुञ्ज स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्