नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले सुरु गर्‍यो क्रियाशील सदस्य नवीकरण र नयाँको आवेदन



सौल,दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली काँग्रेसको कृयाशिल सदस्यता नविकरण र नयाँ कृयाशिल सदस्यता वितरण सुरुवात गरेको छ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली कांग्रेसको मौलिक प्रतिपादन राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल्य, मान्यता र आदर्शमा विश्वास गर्ने संगठनको हितमा निरन्तर सकृय भएका पार्टी विधान, निममावलीले तोकेको अनुशासन र आचारसंहिताको पूर्ण पालना गरेका जिम्मेवार नेपाली नागरिकहरुमध्ये नेपाली कांग्रेसको नयाँ कृयाशिल सदस्यता लिन योग्य ईच्छुक ब्यक्तिहरूको लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको कृयाशिल वितरण समितिको बैठक सभापति आस्थाविन्दु मल्लको विशेष उपस्थितिमा २८ मार्च २०२१ को सौल बैठकमा निर्णय भई विधिवतरुपमा नयाँ कृयाशिल सदस्यता खुल्ला गरेको सूचना जारी गरिएको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले उप सभापति जीतेन्द्र सिंह महताको संयोजकत्वमा सहामन्त्री मित्रबन्धु काफ्ले, केन्द्रीय सदस्यहरु क्रमशः खेमराज देवकोटा, रत्न लिङ्थेप (लिम्बू )र कमल शाही सहितको पाँच सदस्यीय कृयाशिल वितरण समिति बनाएको छ।

कृयाशिल सदस्यता लिन ईच्छुक योग्य नेपाली कांग्रेसजनहरुले
नेपाली नागरिकता र पासपोर्टको फोटोकपी १/१ प्रति, पासपोर्ट साईजका फोटो-२ प्रति, कृयाशिल सदस्यता नविकरण शुल्क २०,०००/- वन, नयाँ कृयाशिल सदस्यता शुल्क- ३५,०००/- वन र समितिले मागेको खण्डमा कृयाशिल फारममा भर्न आवश्यक पर्ने सम्पूर्ण विवरण उपलब्ध गराएर कृयाशिल सदस्यता लिन सकिने र कृयाशिल सदस्यता नविकरण कार्य सुरू भइसकेको र नयाँ सदस्यताको हकमा क्षेत्रीय कार्य समितिसंग समन्वय गरि रितपूर्वक आएका योग्य ब्यक्तीहरुलाई प्रदान गरिने, क्षेत्रमा काम गरेका साथीहरूलाई मुख्य प्राथमिकता दिईने र समितिले आवश्यक छानबिन गरि सभापतिले रुजु गरेरमात्र पार्टी केन्द्रमा पठाइने जानकारी जनसम्पर्क समितिले सूचित गरेको छ। सकृय भई संगठनमा काम गरेका कुनै पनि व्यक्तिहरुलाई नयाँ कृयाशिल सदस्यता दिनबाट बन्चित नगरिने वितरण समितिका संयोजक जीतेन्द्र महताले जानकारी गराएका छन् भने यस कार्यमा सहयोगी भूमिका निर्बाह गर्न हुन कोरियाबासी कांग्रेसजनहरुमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था विन्दु मल्लले अनुरोध गरिकी छिन।

प्रतिक्रिया दिनुहोस्