नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। नेता मिनेन्द्र रिजालका अनुसार आउँदो शुक्रबारका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते भंग गरेको संसद सर्वोच्च अदालतले पुनर्स्थापित गरेपछि सत्ता समिकरणको प्रयास भइरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा संसदमा पार्टीको रणनीतिसहितका छलफल हुने जनाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गतेका लागि संसदको अधिवेशन बोलाइएको छ।

