बुधबारदेखि बर्षा र हिमपात हुने



काठमाडौं, २७ माघ । आज देशभरको मौसम समान्यतया सफा रहने जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखा अनुसार अहिले बिहान हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहने छ । आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। भोलिदेखि भने पश्चिमी वायुको प्रभावले केहि पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्