थुलुङ दुधकोशी : एमालेले चयन गर्‍यो चार वडामा उम्मेदवार , को को छन् ?



सोलुखुम्बु । नेकपा एमाले थुलुङ दुधकोशीले गाउँपालिकाको केन्द्र मुक्लिमा कार्यालय सन्चालनमा ल्याएको छ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि उम्मेदवारी घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती र विशिष्ट अतिथि पूर्ब प्रदेश राज्यमन्त्री तथा प्रदेश क का सांसद उत्तमकुमार बस्नेतले शुक्रबार उद्घाटन गरेका हुन्।

सोही कार्यक्रममा नेकपा एमालेले थुलुङ दुधकोशी गाउँपालिकाका लागि अध्यक्षमा आङबाबु राई र उपाध्यक्षमा कल्पना गिरी बस्नेतसंगै केहि वडाध्यक्षहरुको उम्मेदवारी घोषणा गरिएको एमाले थुलुङ दुधकोशीका प्रचार प्रमुख सिमसन किराँतीले जानकारी दिए।

बैठकले गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ नं वडाका वडाध्यक्ष र केहि वडामा सदस्यहरुको उम्मेदवारी घोषणा समेत गरेको छ।किरांतीका अनुसार एमालेले वडा नं १ को वडाध्यक्षमा गोरेबहादुर मगर,२ नं वडाध्यक्षमा उदयनारायण बस्नेत, ४ नं वडाध्यक्षमा श्याम गुरुङ र ५ नं वडाध्यक्षको उम्मेदवारमा झनकबहादुर बस्नेतलाई चयन गरिएको छ।

यसैगरी, १ नं वडाको खुला सदस्यमा निरकुमार बस्नेत र भिमबहादुर बस्नेत,महिला सदस्यमा कल्पना बस्नेत खड्का र महिला दलित सदस्यमा मिना बिकलाई उम्मेदवार चयन गरिएको छ।

यस्तै वडा नं २ को खुला सदस्यमा केशव भट्टराई र भुपध्वज बस्नेत,महिला सदस्य मिनाकुमारी राई र दलित सदस्यमा सम्झना सार्की उम्मेदवार बनेका छन् भने वडा नं ५ को खुला सदस्यमा रेशकुमार बस्नेत,कुमारी गिरी र महिला सदस्यमा मिलन कुमारी राईलाई उम्मेदवार चयन गरिएको किरांतीले जानकारी दिए।

उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाश बस्नेत,हुत्तराज बस्नेत,प्रेमकुमार बस्नेत,छत्रबहादुर बस्नेत र युवराज बस्नेत नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको उनले बताए । बांकी वडाको उम्मेदवार भने आजसांझसम्म टुंग्याइने किरांतीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्