गजल
बिनोदबाबू अधिकारी
यहाँ पाखुरी कै भरमा साह्रा चलाउनु छ!!
परिस्थिती सहज या अप्ठ्यारा चलाउनु छ!!
–
नेपाल बन्द भन्छौ गरि खानेहरुका लागि,
नेता ज्यू गाडीमा आउँदै पारा चलाउनु छ!!
–
सडक तताइदिनु पर्ने गरिवका छोराछोरीले,
ईसाराकै भरमा चलाउछौ र ईशारा चलाउनु छ!!
–
बिद्रोह सुरु गर्दा रोजेका विकटहरुमा कठ्ठै,
सोचेनौ रुकुम चलाउनु छ खारा चलाउनु छ!!
–
आहा ! महलमा बसेर नेपाल बन्द भन्दै गर्दा,
याद छैन? गरिवलाई सडक मै गुजारा चलाउनु छ!!