नेता बास्तोला रिहा भए लगत्तै फेरि पक्राउ



नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई महाराजगन्ज प्रहरीको हिरासतमा पुर्‍याइएको छ।

एक रात कमलपोखरी वृत्तको हिरासतमा राखिएका बास्तोलालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि फेरि महाराजगन्ज लगिएको काठमाडौं प्रहरीले जनाएको छ।

नेता बास्तोलालाई बिहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो। तर प्रहरीले अन्य ठाउँमा पनि मुद्दा रहेको भन्दै उनलाई कमलपोखरी वृत्तमा पुर्‍याएको थियो। कमलपोखरी वृत्तमा उनीविरुद्ध बम विस्फोटको मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा शुक्रबार जिल्ला अदालतमा उपस्थित गराए पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि महाराजगन्ज लगिएको हो। महाराजगन्ज वृत्तमा पनि उनीविरुद्ध बम बिस्फोटकै मुद्दा रहेको प्रहरीले जनाएको छ।

गत पुस २९ गते ललितपुर प्रहरीले उनलाई मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो।उनलाई रिहाई गर्न माग गर्दै उनकी श्रीमती हिमा बास्तोलाले बन्दीप्रतक्षिकरणको मुद्दा दायर गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्