माप्यदुधकोशीमा कांग्रेसको संगठन बिस्तार तथा बृहत् भेला सम्पन्न



केदार बस्नेत

सोलुखुम्बु, १७ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देशलाई अन्धकार र अधोगतीतर्फ धकेलेका कारण पौष ५ गतेलाई कालो दिनको रूपमा सम्झनु पर्ने बताएका छन् ।

माप्य दुधकोशी गाउँपालिका २ खालीमा भएको संगठन विस्तार एवम वृहत भेलालाई प्रमुख अथितिको आसनबाट सम्बोधन गर्दै केसीले सो कुरा बताएका हुन ।उनले संबिधानसभाबाट जारी संबिधानको ओली कदमले चीरहरण गरेको बताए। उनले भने,-‘त्यसैले अब हाम्रो लडाई संविधानको रक्षा र लोकतन्त्र बचाउन केन्द्रित हुनुपर्छ।’ देश तानाशाहीहरुको हातमा जान लागेको दावी गर्दै केसीले खवरदारीका लागी चनाखो हुन जनतालाई आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले ५ वर्ष सम्म काम गर भनेर नेपाली जनताले विजयी गराएर पठाएको नेकपाले धोका दिएको आरोप लगाउंदै अब भने निर्वाचनमा १ सिट पनि जित्न नसक्ने दावी गरे। सभापति बस्नेतले नेकपाले देशमा उतर कोरियाको जस्तो शासन लाद्न खोजेको आशंका पनि व्यक्त गरेका थिए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सभापति आङगेलु शेर्पाले मुलुकमा भएका विकासमा कांग्रेसकै अगुवाइमा रहेको बताए

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्यद्वय खिलराज बस्नेत र भोजराज कार्कीले मुलुकमा भ्रष्टाचार र कुशासन मौलाएको आरोप लगाएका थिए। नेपाली कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राईले नेकपालाई नेपाली जनताको मत नपचेको आरोप लगाउनु भएको छ।नेता राईले कुकुरलाई घिउ नपच्दा कस्तो हुने नेकपालाई पनि त्यस्तै भएको बताउनु भयो।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरू प्रकाश सिंह कार्की र राम बहादुर थापाले निर्वाचन भए कांग्रेस देशकै पहिलो पार्टी हुने विश्वास व्यक्त गरे।नेताद्वयले कांग्रेसले जनताको गुण कहिल्यै नबिर्सिने समेत जिकिर गर्नुभयो।

कार्यक्रममानेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पा, सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, सोही नगरपालिका २ र ४का वडाध्यक्षहरु क्रमश मिङमार दोर्जी शेर्पा, दावागेलु पाख्रीन राजु लगाएतको उपस्थिति रहेकोे प्रचारप्रसार विभाग प्रमुख तथा नेपाली कांग्रेस सोलुखुम्बुका सदस्य नवीन थापाले जानकारी दिए।प्रमुख थापाका अनुसार नेपाल महिला संघका सभापति छिण्डील्हमु शेर्पा, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा, उपाध्यक्ष जीवन बस्नेत आमन्त्रित जिल्ला सदस्यहरु पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम २ नम्बर वडाका सभापति ढल बहादुर मगरको सभापतित्व सप्पन्न भएको हो।उक्त कार्यक्रम १० गते काँकुको सुन्दर झर्नाबाट सुरु भै आज १७ गते खालीमा आएर सम्पन्न भएको नेपाली कांग्रेस माप्य दुधकोशीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्