सुशील कोइराला सोसलिष्ट युथ सर्कल सोलुखुम्बुले पायो पूर्णता



सोलुखुम्बु,२ माघ । सुशील कोइराला सोसलिष्ट युथ सर्कल सोलुखुम्बुले पूर्णता पाएको छ।सर्कल सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी पाएका छिरिङसोनाम शेर्पाले पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेसंगै सो समितिले पूर्णता पाएको हो।

शेर्पाले समितिको उपाध्यक्षद्वयमा यूबराज कटेल(नेचासल्यान) र बिनिता मगर (सोलुदुधकुण्ड),सचिबमा कपिल कुलुङ(महाकुलुङ),सह सचिबद्वयमा गेलु शेर्पा(सोलुदुधकुण्ड) र पेमा राई (नेचासल्यान) तथा कोषाध्यक्षमा चर्ण कुमारी राइ (थुलुङ दुधकोशी) लाइ मनोनीत गरेको जनाइएको छ।

सर्कलका सदस्यहरुमा खुम्बु पासाङल्हामु गाउँपालिकाका दावा ओङ्चुक शेर्पा,कामीछिरिङ शेर्पा,लाक्पा तेन्जिङ शेर्पा,निमा छिरिङ शेर्पा,पासाङरिन्जी शेर्पा,पासाङ तेम्बा शेर्पा,सोनाम शेर्पा ,प्रकाश रानामगर,मिङमा शेर्पा रहेका छन।

यसैगरी सोताङका छिरिङ राइ,दिलिप राई,थिर नेपाली,जुना नेपाली, नेचासल्यानका नारायण बास्तोला,शम्भु घिमिरे माप्यदुधकोशीका धनबीर पाख्रीन,लिखुपिकेका रोशन बस्नेत,प्रकाश बस्नेत र महाकुलुङका दिपेश कुलुङ,धनकुमार कुलुङ,टेकबिक्रम कुलुङ,दिपेन्द्र कुलुङ,गणेश कुलुङ,जीतबहादुर कुलुङलाई पनि अध्यक्ष शेर्पाले सदस्यमा मनोनयन गरेको सुशील कोइराला सोसलिष्ट यूथ सर्कल सोलुखुम्बुले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्