कांग्रेस नेता कार्कीद्वारा विद्यार्थीहरुलाइ झोला बितरण



सोलुखुम्बु, २७ पुस। नेपाली काङग्रेस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले नेचासल्यान गाउँपालिकाको वडा नं ४ स्थित सिंहदेबी आधारभुत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाइ ज झोला वितरण गर्नुभएको छ।

आइतबार विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा नेता कार्कीले विद्यालयको कक्षा एक देखी तिनसम्म अध्ययनरत १७ जना विद्यार्थीलाई झोला वितरण गर्नुभएको नेबिसंघका नेता दिनराज बास्तोलाले जानकारी दिए।
विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी,विद्यालयका शिक्षकहरु साथै सरोकारवालाहरुको उल्लेखनीय उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुलाइ झोला बितरण गरेर हौसला प्रदान गर्नुभएकोमा नेता कार्कीलाई धन्यवाद ज्ञापन गर्दै यो सहयोगको विद्यालयले संधै स्मरण गरिरहने बताइन् ।

नेता कार्कीले आइतबार नै सोही गाउँपालिकाको वडा नं. ३ स्थित कुन्तादेवी आधारभूत विद्यालयमा पनि झोला वितरण गर्नुभएको थियो । झोला वितरणबाट सो विद्यालयका १४ जना छात्र–छात्रा लाभान्वित भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्