जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्न सकेनः मनिषा कोइराला



काठमाडौ, २७ पुस । पृथ्वी जयन्तीका दिन काठमाडौंमा सरकारले देखाएको व्यवहारबाट चर्चित अभिनेत्री मनिषा कोइराला आक्रोशित बनेकी छन् । सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा प्रहरीले हस्तक्षेप गरेकोप्रति कोइरालाले आक्रोश पोखेकी छन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

पछिल्ला केही दिनयता अभिनेत्री कोइराला पृथ्वी जयन्ती धुमधामसँग मनाउने तयारीमा लागेकी थिइन् । तर शालिकमा माल्यार्पण गर्न जाँदा अवरोध भएपछि आक्रोशित बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्