नेपाली जनताले राष्ट्र निर्माता पृथ्वीनारयाणको जन्म दिन मनाउने अधिकार नै हो: अस्मिता भण्डारी



काठमाडौँ । बिश्व हिन्दु महासंघ नेपालकी महासचिव अस्मिता भण्डारीले बर्तमान अखण्ड अविभाज्य तथा स्वतन्त्र नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पूर्ण नेपालीले धुमधामसँग मनाउन पाउनु आजको आवश्यकता भएको बताएकी छिन् । महासचिव भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेपाल सृष्टि कालदेखि नै एक देवभूमि तथा तपोभूमीको रुपमा परिचित भौगोलिक बिभिदता भएको मुलुक हो।

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले विभिन्न बाइसे , चौबिसे राज्यहरुलाई अथक मेहेनत र परिश्रमबाट एकीकरण गरि विदेशी हस्तक्षेप या कसैको उपनिवेश हुन बाट बचाई सबै नेपालीको साझा फुलबारीको रुपमा विशाल स्वतन्त्र वैदिक सनातान हिन्दु अधिराज्यको स्थापना गरी गरिबक्सेको योगदानलाई सम्पूर्ण नेपालीले सम्मान ,आदर गौरव भाव ब्यक्त गर्नु पर्नेमा जोड दिएकी छिन् । उनले भनेकी छिन् परिवर्तनको नाममा आफ्ना इतिहासहरु मेट्दैजानु हुदैन । ईतिहास सँगै वर्तमान र भविष्य पनि गाँसिएको हुन्छ ।

ईतिहास मेटियो भने भविष्य पनि नामेट हुनेछ । तसर्थ उहाँका दिव्य उपदेशहरुलाई आत्मसात गरि अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।उहाँका दिव्योपदेशहरुलाई अनुशरण गरि हिड्न नसकेको हुदाँ मुलुक नै अहिले दिनानुदिन समस्याको भूमरीमा फस्दै गएको तितो यथार्थ हामी सामु छ ।

हाम्रो धर्म संस्कृति , राजनीति , अर्थनीति र सुशासनको लागि मार्ग दर्शनको रुपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरु भविष्य सम्म रहिरहनेछन् ।उहाँकै योगदानले हामी नेपाली हुन पाएका छौं भन्ने यथार्थलाई कहिल्यै पनि भुल्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्